मन्त्रिपरिषद्का १६ निर्णय

  Sampatti News Online

August 23, 2022

काठमाडौँ । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा उक्त आयोग गठन गर्ने निर्णय गरेको छ ।

‘देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरवलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न’ आयोग गठन गर्ने निर्णय गरिएको जनाइएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले योसहित विभिन्न १६ निर्णय गरेको छ ।

प्रकाशित मिति:August 23, 2022