बीमा पाउने आशामा मौका पाएर टिप्परमा आगजनी

  Sampatti News Online

August 23, 2022

दाङ । नेपाल बन्दको मौका पाएर चालक र सहचालकलेनै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएका छन् ।

चालक राप्ती गाउँपालिका-८ पिपरी निवासी ३२ बर्षिय अरुण चौधरी र सह-चालक गढवा गाउँपालिका-७ चन्दनपुर निवासी १७ बर्षिय आकाश चौधरीले आफैंले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताए ।

घटना संकास्पद भएपछी प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेका थिए । घोराही(लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी संकास्पद भएपछि प्रहरीले दुबैजनलाई नियन्त्रणमा लिएको थियो ।

दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । टिप्पर चालकले ५/६ जनाको समुहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए ।

यता नेकपा दाङका जिल्ला सेक्रेटरी प्रदिप ओलीले टिप्पर आगजनीमा आफूहरुको संलग्नता नरहेको बताए ।

प्रकाशित मिति:August 23, 2022