September 8, 2022
काठमाडौ । ललितपुरका प्रजिअ सहसचिव घनश्याम उपाध्यायलाई काठमाडौंको प्रजिअमा जिम्मेवारी दिइएको छ।काठमाडौको प्रजिअ गोबिन्द रिजाललाई गृह मन्त्रालयको प्रशासन शाखाकाे जिम्मेवारीमा सरुवा गरे सगै उपाध्यायलाइ काठमाडौ को जिम्मेवारी दिइएको हो।
उपाध्यायले झन्डै एक वर्ष ललितपुर प्रजिअको जिम्मेवारी समाल्नु भएको समयको हिसाबले धेरै भएको छैन तर सम्झन योग्य कामहरू भने धेरै ललितपुरमा सम्पन्न गरेर काठमाडौं भित्रिएका छन।
उपत्यकाको भित्र भएर पनि साधन श्रोतको कमिले गर्दा प्रशस्तै काम गर्ने उर्जा बोकेर जिल्ला प्रवेश गरेका धेरै प्रजिअहरु अनुभव मात्रै बटुलेर सरुवा हुनुभयो तर सहसचिव उपाध्यायकाे भने काम गर्ने इच्छाशक्ति अगाडि कुनै बहाना टिकिराख्न सकेन ।
उहाले नागरिकको नागरिकतालाई सबैभन्दा पहिला सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई प्राथमिकता राखेर ललितपुर जिल्ला प्रशासन कार्यालयको इतिहासमा पहिलो पटक नागरिकता अभिलेख सुरक्षित राख्ने काम गराउन सफल हुनुभएका उहाँले अब थाल्ने कार्य सम्पादनको यात्रा काठमाडौ प्रजिअको हैसियतले गर्नुपर्ने सुधारका कामहरु त छदैछ ।
तर उहाँको काम गर्ने इच्छाशक्तिको अगाडि अब काठमाडौंको सफल प्रजिअका रुपमा स्थापित हुनेकुरामा कुनै शंका छैन जानकारहरु बताउँछन् ।
सरल ढंगले सेवाग्राही माझ आफै पुगि जिल्ला प्रशासनको कार्यसम्पादनका बारेमा प्रतिक्रिया लिने उहाँको पुरानाे शैली काठमाडौंमा भने कुन फर्मुला लिएर सेवाग्राही माझ घुलमिल हुने हुन त्यो भने हेर्न बाकी छ।
बजारमा आजभोलि प्रजिअ बन्न शक्तिकेन्द्र धाउने लर्को लाग्नेहरुलाइ जिम्मेवारी दिने निकायले काम गर्न सक्ने पृष्ठभुमि हेरेर जिम्मेवारी दिने हो भने अरु पनि प्रजिअ घनश्याम मोडल जस्ता राष्ट्रसेवक कर्मचारी सेवाग्राहीले पाउन सक्छ्न कि ?सोच्नु पर्ने भएको छ।
उपाध्यायको काठमाडौ सरुवा सगै ललितपुरको प्रजिअमा कास्कीका प्रजिअ जयनारायण आचार्यको सरुवा भएको छ। नवनियुक्त प्रजिअ आचार्यले सोमबार देखि ललितपुर को प्रजिअको जिम्मेवारीले काम गर्नुहुने बताइएको छ।
प्रकाशित मिति:September 8, 2022
November 24, 2024