चार दिनदेखि हराइरहेकी किशाेरी मृत फेला

Nepal Cover
२४ भाद्र २०७९, शुक्रबार
image

२४ भदौ, काठमाडौं । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी चार दिनदेखि हराइरहेकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छिन्।

उनको शव नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले जानकारी दिए।

गत सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी आस्था त्यसपछि सम्पर्कविहीन थिइन्।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। उनका अनुसार शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ।