चिकित्सक गोविन्द केसीले आजदेखि अनशनमा बस्ने

Nepal Cover
२७ भाद्र २०७९, सोमबार
image

२७ भदौ, (सोमबार) काठमाडौं । सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् ।

माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् ।

उनले आज बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ ।

उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।