सेयर बजारमा दोहोरो अंकको गिरावट

सम्पत्ती न्यूज
३० भाद्र २०७९, बिहीबार
image

३० भदौ, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे बनेको छ। नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ।

२३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेको थियो। सो दिन १ अर्ब ४५ करोड बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका सबै समूहको सूचक घटेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ५.२४ प्रतिशतले ओरालो लाग्यो।

यस्तै, डेभलपमेन्टको सूचक ४.६५, हाइड्रो पावरको ४.४६ घट्‍दा ट्रेडिङको ३.९७, होटल्स एन्ड टुरिजमको ३.४२, मनु एन्ड प्रोको ३.१६, अदर्शको ३.९४ र इन्भेष्टमेन्ट समूहको ३.२९ प्रतिशतले घट्यो।

कारोबारका आधारमा लक्ष्मी बैंक अग्रस्थानमा रह्यो। सो समूहको २१ करोड बढिको सेयर कारोबार भयो।