भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई भेट्ने

Nepal Cover
३० भाद्र २०७९, बिहीबार
image

नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्र प्रमुखहरूको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट-वर्ता गर्ने भएका छन् ।

उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार उक्त जानकारी दिएका हुन्।

राष्ट्रपति पुटिन आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन्। प्रधानमन्त्री मोदी पनि सो सम्मेलनमा भाग लिन जाँदै छन्। हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्, अलीपोभले भने।

सम्मेलन कोभिड–१९ महामारीको दुई वर्षपछि उज्बेकिस्तानको समरकन्दमा बिहीबारदेखि सुरु हुँदैछ ।