युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कार दुर्घटना

Nepal Cover
३० भाद्र २०७९, बिहीबार
image

बुधबार युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बिबिसीले जनाएको छ।

राजधानी किएभमा भएको दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट भने लागेको छैन।

‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्दा चोट पटक देखिएको छैन,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले भनेका छन्।

राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएका छन्। उनी अस्पतालमा उपचाररत छन्।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।