September 15, 2022
३० भदौ, काठमाडौँ । महाभियोगमाथि बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका कानून व्यवसायीहरूसँग प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको छलफल सुरु भएको छ । यसअघि १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो।
नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरूसँग छलफल सुरु भएको हो ।
समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरू शम्भु थापा, हरिहर दाहाल, पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन् ।
बैठकमा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अधिवक्ता हर्क रावल पनि आए पनि उनीहरूको नाम चोलेन्द्रले नलिएको भनी बैठकमा रहन नदिइएको बताइएको छ ।
प्रकाशित मिति:September 15, 2022
November 24, 2024