एकिकृत समाजवादी निकट सहकारी संगठनको अध्यक्षमा नवराज र उपाध्यक्षमा केशव चयन

Nepal Cover
३० भाद्र २०७९, बिहीबार
image

काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट सहकारीहरुको संगठन समाजवादी सहकारी संगठनको अध्यक्षमा नवराज अर्याल र उपाध्यक्षमा केशव प्रसाद दंगाल चयन भएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सो संगठको ७३ सदस्यिय केन्द्रिय कमिटी गठन भएको हो। सो भेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आथिथ्यतामा बानेश्वरमा सम्पन्न भएको हो।

नवनिर्वाचित अध्यक्ष अर्याल र दंगाल दुबै सहकारी कर्मी हुन।उपाध्यक्ष केशव प्रसाद दंगाल शिक्षासेवी हुन।उनी चावाहिलको सेन्ट लरेन्स कलेजका संचालक हुन।दुबैजना नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य हुन।