तातोपानी र रसुवा नाकाबाट आयात सुचारु

  Sampatti News Online

September 16, 2022

३१ भदौ, काठमाडौं । दशैँतिहारलाई मध्यनजर राखि तातोपानी र रसुवा नाका हिजोदेखि खुला भएको छ । कोभिड(१९ को बढ्दो केसहरूलाई उद्धृत गर्दै दुबै चेकपोस्ट एक महिना भन्दा बढीका लागि बन्द गरिएको थियो।

चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी कमिटीका अध्यक्ष ली झान्सुको चारदिने नेपाल भ्रमणका क्रममा कोभिड–१९ को सङ्क्रमण घट्ने क्रमसँगै द्विपक्षीय सहमतिपछि सीमा नाका पुनः सञ्चालनमा आएको बताइएको छ । यससँगै रसुवा नाकाबाट आज बिहान सातवटा ठूला कन्टेनर नेपाल भित्रिएको र आज साँझसम्म सातवटा कन्टेनर आइपुग्ने जानकारी आएको छ ।

यसअघि रसुवा नाकाबाट दैनिक १४ वटा ठूला कन्टेनर नेपाल भित्रिने गरेको थियो । अध्यक्ष लीको नेपाल भ्रमणका क्रममा नेपालले सीमा नाका खोल्न आवाज उठाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा अध्यक्ष लीले चाडपर्वलाई लक्षित गरी दैनिक उपभोग्य सामग्री बोक्ने कन्टेनरमा सहजीकरण गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित मिति:September 16, 2022