September 19, 2022
अमेरिकाको कोलोराडोमा शनिबार हावामा दुई विमान एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटना भएका विमानमध्ये एउटामा दुई र अर्को विमानमा एकजना सवार थिए। दुवै विमानको अवशेष फरक फरक स्थानमा पाइएको थियो।
शनिबार बिहान उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ । दुर्घटनामा परेका विमानहरुमा एउटा केसेना १७२ र अर्को सोनेक्स सेनोस रहको बताइएको छ।
मृतकको पहिचान भने खुलाइएको छैन। अहिले यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति:September 19, 2022
March 30, 2025
March 28, 2025
March 30, 2025
March 28, 2025