बजारमा सुनको मूल्य बढ्यो

Nepal Cover
७ आश्विन २०७९, शुक्रबार
image

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ।

छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार तीन सय रुपैयाँ थियो ।