September 25, 2022
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव राम रतन मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।
धनुषाको साबिक चक्कर गाविसका सचिव मण्डलसहित २ ले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएका अन्यमा धनुषाको साबिक चक्कर गाविस-२ हाल औरही गाउँपालिका-६ बस्ने नागेन्द्र भन्ने रञ्जित साह रहेका छन् । दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ ।
विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरूले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति:September 25, 2022
November 23, 2024