September 25, 2022
लगातारको वर्षाका कारण डडेल्धुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्घ भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्गसँगै अन्य ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
आज बिहान डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै रोकिएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा पनि पहिरो झरेको छ ।
पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी सञ्चालमा आएको र त्यहाँ सवारी जाम लागेको यात्रुले बताएका छन् ।
प्रकाशित मिति:September 25, 2022
November 23, 2024