एनसिसी र कुमारी बैंकले गरे मर्जरमा जाने सम्झौता

Nepal Cover
१० आश्विन २०७९, सोमबार
image

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंक एक आपसमा गाभिने भएका छन्। सोमबार मेरियट होटलमा दुई बैंकबिच मर्जरमा जाने सम्झौता भएको छ।

दुई बैंकबीच विगत केहि समयदेखि मर्जरको लागि कुरा चल्दै आएको थियो। सञ्चालकहरुको कुरा मिलेपछि सोमबार मर्जरमा जाने सम्झौता भएको छ।

प्रारम्भिक सम्झौता अनुसार दुई बैंकले एक बराबर एक शेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन्। यद्यपि डिडिए रिपोर्ट आएपछि यो अनुपात फरक पर्न सक्छ। मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सिइओ रमेशराज अर्याल हुनेछन्।

सोमबार मेरियट होटलमा आयोजित एक कार्यक्रममा एनसीसी बैंकका मर्जर कमिटीमा संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन्।

हाल कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ। दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ।