बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने

Nepal Cover
११ आश्विन २०७९, मंगलवार
image

काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता २०७९/०६/१२ गते बुधबार (भोलि)देखि लगाउने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकबाट बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरिएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।