कांग्रेस पदाधिकारीहरुकाे बैठक बालुवाटारमा

  Sampatti News Online

October 2, 2022

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छन् । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सूचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेका छन् ।

संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबीच रस्साकस्सी चलिरहेको छ ।

संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सूची बुझाएको दावी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति:October 2, 2022