पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

  Sampatti News Online

October 2, 2022

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता-कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।

इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

प्रकाशित मिति:October 2, 2022