जनकपुरधाममा मोटरसाइकल चोरीको घटना बढ्यो

  Sampatti News Online

October 2, 2022

जनकपुर । जनकपुरधाममा मोटरसाइकल चोरीको घटना बढेपछि नगरबासी असुरक्षित महसुस गर्न थालेका छन। जनकपुरधामको पिडारी चोकमा रहेको परिवार होटल अगाडिबाटै लु. ७७ प. ०९२६ नम्वरको पल्सर मोटरसाइकल चोरी भएको छ । जनकपुरधाम १३ का मो. राजबुला साफीको उक्त मोटरसाइकल चोरी भएको चार दिन वितिसक्यो तर फेला पर्न सकेको छैन । ‘होटलमा जन्मदिन पार्टीमा सहभागी हुन गएको थिए’, पीडित साफीले भने, ‘ जन्मदिन मनाएर बाहिर निस्किदै बाइक नै गायब भइसकेको थियो । छेउछाउ सबैतिर खोजे तर भेटेको छैन ।’ उनले प्रहरीले समेत मोटरसाइकल खोज्न चासो नदेखाएको गुनासो गरे । अहिले चाडबाडको समयमा बजारमा अत्यधिक भीडभाड हुने गरेको छ । त्यसैले मोटरसाइकल चोरीको घटना झन बढ्न सक्ने जोखिम रहेपनि सुरक्षा निकायलाई मतलब नै नरहेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति:October 2, 2022