७५ हजार सेना परिचालन हुने

Nepal Cover
२३ आश्विन २०७९, आईतवार
image

काठमाडौँ । मंसिर ४ मा हुने निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

चुनावको मतपत्र छपाई भइरहेको जनाक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ।

मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन हुने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सेना परिचालन गर्न स्वीकृती दिइसकेकी छन।