गगन थापा काठमाडौँ ४ बाटै चुनाव लड्ने

सम्पत्ती न्यूज
२३ आश्विन २०७९, आईतवार
image

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा काठमाडौँ क्षेत्र नम्बर चार बाटै उम्मेदवार बन्ने भएकाे छ।

थापा सर्लाहीबाट उम्मेदवार हुने भन्दै प्रचार गरिएपछि सचिवालयले त्यसको खण्डन गरेको छ।

थापाको सचिवालयले भनेको छ, ‘आफ्नो ठाउँ काठमाडौं क्षेत्र नम्बर ४ हो त्यहीँबाट हो चुनाव लड्ने। यो ठाउँ छोडेर अन्त जाने कुरा न सोच्न सकिन्छ, न त सोचिन्छ नै हल्लाको पछि नलागौँ।’

थापालाई क्षेत्रीय समितिले सर्लाहीको क्षेत्र नम्बर ४ बाट एकल उम्मेदवार सिफारिस गरेको थियो। त्यस क्षेत्रबाट यसअघि अमरेशकुमार सिंह निर्वाचित भएका थिए।