रौतहट बाट मनोनयन गरे सगै पुर्व प्रधानमन्त्री नेपालको पक्षमा जनलहर शुरु

Nepal Cover
२३ आश्विन २०७९, आईतवार
image

रौतहट — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराएका छन् ।
नेपालले रौतहट १ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी मनोनयन दर्ता गर्न जुलुस, झन्डा केही पनि नलिइकन सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेका थिए ।
आफूले ठूलो जुलुससहित मनोनयन दर्ता गर्न जान चाहेको तर निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण त्यस्तो गर्न सम्भव नभएको मनोनयन दर्ता गर्न जानुअघि कार्यकर्ता भेलामा नेपालले बताएका छन् ।अध्यक्ष नेपालको मनोनयन सगै सो क्षेत्रमा चुनावी सरगर्मी एकाएक बढेको छ। जन्म थलो बाट चुनाव उठ्नु भएको उहाको उम्मेदवारीले जनतामा उत्साह बढे सगै कार्यकर्ता चुनावी प्रचारप्रसारमा होमिएका छ्न।