करेन्ट लागेर दुईजनाको मृत्यु

Nepal Cover
२५ आश्विन २०७९, मंगलवार
image

पर्सा । करेन्ट लागेर वीरगञ्ज महानगरपालिका-२६ राम किशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको छ।

अन्सारीलाई विद्युतको पोलको तारमा अचानक करेन्ट लागि मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

यसैगरी, वीरगञ्ज महानगरपालिका–८ बसपार्कस्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रम्मा ज्यालादारीमा काम गर्ने पर्सा वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने ६० वर्षीय ध्रुवप्रसाद साहको मृत्यु भएको छ घाइते उनको आसाराम अस्पतालमा साहको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गिरीले बताए।