जसपाका मन्त्रीहरूलाई हटाउने प्रधानमन्त्री देउवाको तयारी

Nepal Cover
२५ आश्विन २०७९, मंगलवार
image

सत्तागठबन्धन छाडेर जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग संघीय चुनावको लागी तालमेल गरेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले जसपाका मन्त्रीहरुलाई हटाउने भएका छन् ।

सत्तागठबन्धन छाडेर प्रतिपक्षी एमालेको गठबन्धनमा सामेल भएपछि देउवाले जसपाका मन्त्री हटाउने भएका हुन ।

जसपाका मन्त्री हटाउने विषयमा छलफल गर्न देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन्।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदीप यादव वन तथा वातावरणमन्त्री र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका छन्।

सत्तागठबन्धन छाडेसँगै जसपाले एमालेसँग १७ सिटका लागि तालमेल गरेको छ।