डा भुसालविरूद्ध दुईवटा उजुरी दर्ता

  Sampatti News Online

October 11, 2022

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही क्षेत्र नं. २ बाट स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका कारन कमल भुसाल (डा निकोलस) विरूद्ध निर्वाचन अायाेगकाे कार्यालयमा उजुरी परेको छ। डा भुसालविरूद्ध दुईवटा उजुरी दर्ता भएको छ।

निर्वाचन कार्यालयका अनुसार डा भुसालविरूद्ध सोमबार दिउसो २ बजे दुई वटा उजुरी दर्ता भएको छ। भुसालविरूद्ध विष्णु विक र तोपनारायण पौडेलले अलगअलग उजुरी दर्ता गराएका हुन्। उनीहरु दुवै जना पनि उम्मेदवार हुन्।

भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी दिइएको छ। डा भुसाल त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर तह अध्ययन गरिरहेका छन्।

प्रकाशित मिति:October 11, 2022