राजनैतिक अस्थिरताको कारक प्रचण्ड हुन्

  Sampatti News Online

October 14, 2022

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गोरखा २ का एमाले उम्मेदवार अब्दुश मियाँबीच एमाले अध्यक्ष ओली निवास बालकोटमा शुक्रवार छलफल भएको हो।

छलफलपछि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाबाट हराएरै छाड्ने दाबी गरेका हृन्। प्रचण्डसँग गोरखा २ मा मियाँ प्रतिस्पर्धा गर्दैछन्।

ओलीसँगको भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यस पटक राजनीतिबाटै बि गर्दैछ। साथ दिनुहोला है।’

उनले प्रचण्डलाई नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारकको संज्ञा दिएका छन्।

प्रकाशित मिति:October 14, 2022