सुन लाखकाे हाराहारिमा

Nepal Cover
७ असार २०७७, आईतवार
image

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ७ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपियाँ, तेजाबी सुन मूल्य प्रतितोला ९० हजार १६० र चाँदी प्रतितोला ९४० रुपैयाँ निर्धारण गरिएको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७०० रुपैयाँले रुपैयाँले बढेको हो भने चाँदी भाउ पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ।

शुक्रबार पनि सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको थियो भने चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८९ हजार ४६० र चाँदी प्रतितोला ९३० रुपैयाँमा कारोबार भएको थियो।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा यस धातु सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ। सरकारले बजेट मार्फत थप भन्सार बढाउँदा समेत सुनको मूल्य वृद्धिमा सहयोग पुगेको हो।