काेराेना संक्रमणबाट डेढ महिने शिशुकाे मृत्यु

Nepal Cover
१८ असार २०७७, बिहीबार
image

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि शिशुलाई शिक्षण अस्पताल भर्ना गरिएको शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा यसअघि कोरोनाबाट ३० जनाको मृत्यु भइसकेको छ ।