एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

Nepal Cover
२० असार २०७७, शनिबार
image

काठमाडौँ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ। सानिमा क्यापिटलद्धारा सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड भएको हो।

कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन्। सोही सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कूल ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता शेयर प्राप्त गरेका छन्।

सो लघुवित्तले प्रतिशेयर रु १०० अङ्कित दरका ४६ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कित्ता कर्मचारीलाई २ लाख ३७ हजार ८ सय कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ४४ लाख ४३ हजार २ सय कित्ता साधारण शेयर यही असार १० देखि १४ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको थियो।

सो सार्वजनिक निष्कासनमा ५.१९ गुणा बढी आवेदन परेको थियो।