बिहिबारदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा स—शूल्क निकाल्नु पर्ने

Nepal Cover
३१ असार २०७७, बुधबार
image

काठमाडौं । बिहिबारदेखि एकको एटीएम कार्ड प्रयोय गरि अर्को एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ। लकडाउनको प्रभावलाई मध्यनजर गर्दे नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा थप शूल्क नलाग्ने बनाएका थिए तर यो भोलीबाट हट्ने भएको छ।

अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन्।

तर, अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि शूल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीन वटै संस्थाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शूल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ।

ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै लकडाउनपछि बैंकहरुले अन्तर बैंक एटीएम सेवा लिँदा शूल्क लिएका थिएनन्।