यती एयरलाइन्सको विमानमा मुसा भेटिएपछि रोकियो उडान

Nepal Cover
१५ श्रावण २०८०, सोमबार
image

काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्समा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौँ आउँदै थिए । पोखरा विमानस्थलका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको छ ।