मन्त्रीको स्पिड अनुसार गृहप्रशासन अगाडि बढेन, मुख्यसचिव मौन

  Sampatti News

August 1, 2023

काठमाडौ । मन्त्रीका कारण गृह मन्त्रालयले लिएका लक्ष्य अनि थालनी भएका कामहरु राम्रो देखिएको आम मानिसको बुझाइ छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले त मन्त्रालयको छवि मात्रै उठाएनन । सिङ्गो माओवादी पार्टीलाई नागरिकको तहबाट हेर्ने दृष्टिकोणलाई एकाएक फरक बनाएका छ्न। गर्न खोज्दा र मन्त्री इमानदार भैदिदा धेरै कुरा सम्भब छ गृहमन्त्री अहिलेका चर्चाको पात्र भएका छ्न।गृह मन्त्रीलाई बाहिर बाट हेरिने वा वाहीको प्रतिक्रिया आइरहेको एकातिर छ। प्राप्त जानकारी अनुसार तर गृह मन्त्रालय भित्र प्रशासनको नेतृत्व गर्ने सचिब दिनेश भट्टराईको तह बाट सम्पादन हुने कामको कारण सिङ्गो मन्त्रालय नै बदनाम हुन पुगेको बताइन्छ । यतिबेला वर्षातको मौसम छ ।कतिपय ठाउँमा राजमार्ग अबरुद्ध छ्न्। बहालवाला सचिब पकाउ पर्दा समेत सामान्य सुचना सम्म पाउन नसक्नु प्रहरीको नेटवर्किङ भित्रको बिश्वास लिन नसकेका रुपमा आम निजामती कर्मचारी बीच बहसको बिषय बनेको छ। यसले अब कर्मचारीको तहबाट सेवा प्रबाहमा पार्ने प्रभाव र नतिजामा देखिने असरका बारेमा ठुलै बहस शुरु भएको छ। चौतर्फी चुनौतीपूर्ण अवस्था भएकोले गृहमन्त्रालयले जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारी सेवा प्रवाहमा बढी जिम्मेवार बनाउनु छ तर दैबिप्रकोप महाशाखा यस्तो बेलामा सुस्ताएको छ।अन्य महाशाखा चलायमान हुन नसक्दा मन्त्रालयले आयोजना गरेको कतिपय मिटिङमा मन्त्रीको हप्काइ ब्यहोरी सकेका सचीव भट्टराईले आफुलाइ जिम्मेवार बनाउन सकेनन् यो उनको कमजोरी भन्दा पनि कार्यानुभबको कमिका कारण मन्त्रालय भित्रको कमान्ड फितलो भएको जानकारहरुको भनाइ छ।

गृहमन्त्रीले पटकपटक सचिब सग के जवाफ मागे ?

मन्त्रालय भित्रका नियमित हुने काममा पनि ढिलासुस्तीले सेवाग्राहीलाई मर्का परेको र कतिपय नितिगत काममा प्रष्ट धारणा सचिबको न आउँदा बिषयहरु छरपस्ट छ्न किन यस्तो भनेर पटकपटक आन्तरिक छलफलमा कुरा उठाउदा सचिब भट्टराईको मौनताले थप समस्या आइपरेको बताइएको छ। राष्ट्रिय परिचय बिभागले गर्नुपर्ने भुक्तानी गर्न नसकेर पटकपटक राखिएको मिटिङले समेत निकास दिन नसक्दा बिभाग अलमलमा परेको श्रोत बताउछ।गृहमन्त्रीको तहमा मिटिङ हुदा निकासका निम्ति एकशब्द नबोल्ने र धारणा बिहिन सचिब भट्टराई महानिर्देशक को तहबाट आएका कुनै कुराको रेस्पोन्स हुन नसक्दा मन्त्रालय भित्रको कमजोरी देखेर प्रहरीहरुले समेत टेर्न छोडेको र उनीहरु नै हाबी हुने खतरा बढेको देखिन्छ समाचार श्रोत बताउछ। पछिल्ला दिनहरूमा सचिब भट्टराई मन्त्रीको हप्काइ खानुपर्ने डरले पन्छिदै हिडेको सन्दर्भ नयाँ बन्नु भएका मुख्यसचिव बैकुण्ठ अर्यालले जानकारी नपाएर हो या गृह मन्त्रालय यसरी नै चल्छ भने सोचाइ राख्नुभएको बुझ्न गाह्रो भएको गृहका एक कर्मचारीले नाम नछाप्ने शर्तमा सम्पत्ति न्यूजलाई बताए ।

प्रकाशित मिति:August 1, 2023