आज सुनचाँदी बजार तोलामा ४ सयले बढ्यो सुन, चाँदीमा २५ रुपैयाँको बढोत्तरी

  Sampatti News

August 1, 2023

काठमाडौं। मंगलबार सुनको मूल्य बढेको छ। ४०० रुपैयाँले बढ्दै मंगलबार सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । महाशाखाका अनुसार सोमबार सुन तोलामा ३०० रुपैयाँ घट्दा १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढ्दा मंगलबार १४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी १४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रतिऔंस १९५९.०४ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४.५९ डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति:August 1, 2023