थुनामुक्त गर्न आदेश माग गर्दै शरणार्थी प्रकरणका नेताहरू उच्च अदालत पाटनमा

सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार
image

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरू उच्च अदालत पाटन पुगेका छन् । आफूहरूलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै उनीहरू उच्च अदालत पाटन पुगेका हुन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पुगेका हुन् मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरूलाई थुनामा राखेको भन्दै उनीहरूले थुनामुक्त गर्न आदेश माग गरेका छन् ।