सभामुखलाई राजीनामा गराउनु अमर्यादित ः हिक्मत कार्की

Nepal Cover
१६ श्रावण २०८०, मंगलवार
image

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले काँग्रेसले सभामुखलाई राजीनामा गराएर अमर्यादित खेल खेल्न खोजेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका नेता कार्कीले काँग्रेसले अमर्यादित खेल खेल्न लागेको बताएका हुन् । राजनीतिक सङ्कटबाट बाहिर निस्कन काँग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले नदेखेको उनले बताए ।
‘अहिलेको राजनीतिक सङ्कट र राजनीतिक अस्थीरतालाई हल गर्न काँग्रेस एमाले एक ठाउँमा हुनुपर्छ भन्ने मान्यता मेरो हो,’ उनले भने,‘ काँग्रेस त्यो बाटो मै छैन, काँग्रेस असंसदीय मान्यता,असंवैधानिक काम, कानुनको सर्वोच्चतालाई कुल्चिने काममा छ, हिजो सभामुखलाई जवरजस्ती सही गरायो, आज सभामुखलाई राजीनामा गराएर अमर्यादित काम गरेर सत्ता प्राप्त गर्न खोज्दैछ ।’प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका पाँच बजे सकिंदैछ । सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ ।