सामाखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थित गर्न माग

Nepal Cover
१६ श्रावण २०८०, मंगलवार
image

काठमाडौँ । सांसद प्रदीप पौडेलले सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षति हुने गरेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका हुन् ।
बर्खायाम सुरुभएसँगै चक्रपथ विस्तारका क्रममा भइरहेको काम रोकिँदा सामाखुशी क्षेत्र डुबानमा परेकाले तत्काल ढल व्यवस्थापन गर्नुपर्नेमा पौडेलले जोड दिए । ढलको उचित व्यवस्थापन गरेर विष्णुमतीमा पानी पुर्‍याए सामाखुशी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सहिने उनको भनाइ थियो ।

जेठ मसान्तअघि सो क्षेत्रमा ढल व्यवस्थापन गरी पानी विष्णुमतीमा पुर्‍याउने काम भइरहे पनि असार पछि रोकिँदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराएको भए पनि त्यसतर्फ ध्यान नपुगेको उनले गुनासो गरेका छन् ।