प्रस्तावित राजदूतविरुद्ध परेको उजुरीमाथि छलफल नगर्ने निर्णय

  Sampatti News

August 1, 2023

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने भएको छ ।

समितिको मङ्गलवार सिंहदरवारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो।

उजुरी छलफल गर्न लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने विषयमा बैठकमा सहमति भएको समितिका एक सदस्यले जानकारी दिए।

राजदूत सिफारिस समावेशी नभएको निष्कर्ष निकाल्दै बैठकले सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई पनि बोलाउने निर्णय गरेको छ। भोलि (बुधबार) बस्ने बैठकमा सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाउने निर्णय पनि गरिएको ती सदस्यलेले बताए।

प्रकाशित मिति:August 1, 2023