लम्पी स्किनलाई महामारी घोषणा गरी किसानलाई राहत दिन माग

Nepal Cover
१७ श्रावण २०८०, बुधबार
image

काठमाडौँ । नेकपा एमालेले लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिन सरकारसँग माग गरेको छ। देशभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिनुपर्ने माग एमालेले गरेको हो । बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै एमाले काठमाडौँ महानगर कमिटीले लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गर्दै प्रदर्शनसमेत गरेको छ ।