मन्त्रीको नाम टुङ्ग्याउन काँग्रेसले बोलायो संसदीय दलको बैठक

  Sampatti News

August 2, 2023

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले काँग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।

काँग्रेस संसदीय दलका नेता समेत रहेका उनले तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि खाली रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीको नाम टुङ्ग्याउन बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ४ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने एक नेताले जानकारी दिए

ती नेताका अनुसार बैठकमा प्रदेश सरकार विस्तार र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार काँग्रेसले बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्टलाई मन्त्री बनाउने तयारी गरेको छ । उनको नाममा पार्टीभित्र करिब सहमति जुटिसकेकाले दलको बैठकले मन्त्रीमा भट्टलाई पठाउने एकजना प्रदेशसभा सदस्यले बताए । शाहले बुधबार नै प्रदेश सरकारलाई पूर्णता दिने तयारी समेत गरेका छन् ।

प्रकाशित मिति:August 2, 2023