अप्पर लोहोरे खोलाको आईपीओ बिक्री खुला

  Sampatti News

August 3, 2023

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ०निष्कासन गर्ने भएको छ ।

यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेका थियो ।

कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । स्थानीयमा वितरण हुन नसकेको सेयरसमेत थप गरी सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओको बिक्री अवधि साउन २२ गतेसम्मका लागि तोकिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति:August 3, 2023