ललिता निवास प्रकरणमा अधिकृत थुनेर प्रधानमन्त्रीलाई छाडीयो स् शेखर कोइराला

  Sampatti News

August 3, 2023

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको आशङ्का गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा डा। कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याउने गरिएको बताए ।
कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरू परेका छन् । अब यस्तो पनि कहीँ हुन्छ रु शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्‌मा लैजाने भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन ।’

ललिता निवासको जग्गाको सन्दर्भमा मन्त्रिपरिषद्‌बाट निर्णय गर्ने बेला प्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराई थिए ।

प्रकाशित मिति:August 3, 2023