भारतले ८ महिनापछि नेपाललाई विस्फोटक पदार्थमा सहजिकरण

  Sampatti News

August 3, 2023

काठमाडौँ । झण्डै ८ महिनादेखि विकास आयोजनाका लागि चाहिने विस्फोटक पदार्थको ‘नो अब्जेक्सन’ लेटर नदिएको भारतले गत साताबाट भने सहजीकरण थालेको हो । नेपालमा विस्फोटकजन्य पदार्थ आयातमा गरेको कडाइलाई भारतले खुकुलो बनाउन थालेको छ ।

२०७९ पुसदेखि भारतले नेपालमा चिनियाँ लगानी र ठेक्काको परियोजनामा विस्फोटक पदार्थ आपूर्ति रोकेको थियो । भारतको स्थलमार्ग हुँदै नेपाल भित्रिने विस्फोटक पदार्थमा गरिएको अवरोध थप बढ्दै जाँदा झण्डै आधा दर्जन बढी ठूला उद्योग र विकास परियोजनाहरू अघि बढ्नै नसक्ने अवस्थामा पुगेका थिए ।
अहिले विस्फोटक पदार्थ आयातका लागि माग गरिएको निवेदनको तुरुन्तै सुनुवाइ हुन थालेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको छ । भारतले नो अब्जेक्सन लेटर प्रदान गर्न थालेको इपानको भनाई छ ।

प्रकाशित मिति:August 3, 2023