अलैँचीको मूल्य बढेपनि मात्राभने घट्दै

  Sampatti News

August 3, 2023

काठमाडौँ । प्राय अलैँची खेती पूर्वी पहाडको मुख्य नगदेबालीको रुपमा परिचीत हुँदै आई रहेको छ । त्यहाँका किसानहरुले अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा ६ वर्षयताकै उच्च भएको हो । बर्सेनि ओरालो लागेको भाउ उच्च भएपछि किसान हर्षित भएका छन् ।

पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरले जनाएको छ ।

जिल्लामा साउनको तेस्रो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्दछ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको अध्यक्ष अधिकारी भनाइ रहेको छ ।

भाउ बढे पनि हिउँदको समयमा पर्याप्त वर्षा नभएको र रोगका कारण केही अलैँचीका बोट मरेपछि उत्पादन घट्ने सम्भावना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । पाँचथरमा तीन हजार चार सय ४० हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

प्रकाशित मिति:August 3, 2023