राष्ट्रपतिलाई औषधी खर्च दिएको रकम सहायतालाई वितरण

Nepal Cover
१८ श्रावण २०८०, बिहीबार
image

काठमाडौँ ।अर्थ मन्त्रालयका अनुसार असार २०८० मा सो रकम राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा खर्च भएको ५५ लाख २ हजार रुपैयाँसहित हो । नेपाल सरकारले असार महिनामा मात्र २ करोड ४० लाख ४९ हजार रुपैयाँ ‘आर्थिक सहायता’का रूपमा वितरण गरेको छ ।

राष्ट्रपतिको स्वास्थ्य परीक्षणका लागि भारत जाँदा उठेको उक्त रकम मन्त्रिपरिषद्को १२ असारको निर्णय अनुसार अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयका नाममा निकासा गरेको थियो ।

असार महिनामै द्वन्द्वकालका बेपत्ता बर्दियाका वेदप्रसाद पाण्डेको हकदारका नाममा १० लाख रुपैयाँ सहायता दिइएको छ ।

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बुको परिवारलाई समेत सरकारले १० लाख रुपैयाँ सहायता दिएको छ

असारमा अन्य विभिन्न व्यक्तिका नाममा न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म वितरण भएको छ ।