राष्ट्रपतिलाई औषधी खर्च दिएको रकम सहायतालाई वितरण

  Sampatti News

August 3, 2023

काठमाडौँ ।अर्थ मन्त्रालयका अनुसार असार २०८० मा सो रकम राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा खर्च भएको ५५ लाख २ हजार रुपैयाँसहित हो । नेपाल सरकारले असार महिनामा मात्र २ करोड ४० लाख ४९ हजार रुपैयाँ ‘आर्थिक सहायता’का रूपमा वितरण गरेको छ ।

राष्ट्रपतिको स्वास्थ्य परीक्षणका लागि भारत जाँदा उठेको उक्त रकम मन्त्रिपरिषद्को १२ असारको निर्णय अनुसार अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयका नाममा निकासा गरेको थियो ।

असार महिनामै द्वन्द्वकालका बेपत्ता बर्दियाका वेदप्रसाद पाण्डेको हकदारका नाममा १० लाख रुपैयाँ सहायता दिइएको छ ।

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बुको परिवारलाई समेत सरकारले १० लाख रुपैयाँ सहायता दिएको छ

असारमा अन्य विभिन्न व्यक्तिका नाममा न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म वितरण भएको छ ।

प्रकाशित मिति:August 3, 2023