पुरानो संसद भवनलाई पहिलेकै अवस्थामा निर्माण

Nepal Cover
१८ श्रावण २०८०, बिहीबार
image

काठमाडौँ । सहरी विकास मन्त्रालयले पुरानो संसद भवन पुरातत्वीक महत्वको र ऐतिहासिक भएकाले यसलाई नभत्काएर पुरानै अवस्थामा फर्काउने निर्णय गरेको हो । यसअघि पुरानो संसद भवनलाई भत्काउने कि मर्मत सम्भार गरी पहिलेकै अवस्थामा बनाउने भन्ने विषयमा विभिन्न समयमा विभिन्न निर्णय गरिएका थिए।

सहरी विकासमन्त्री सिता गुरुङले मङ्गलवार पुरानो संसद भवनको अवलोकन गर्दै पुरानो संसद भवनलाई मर्मत तथा रिट्रोफिट (पुननिर्माण) गरी पहिलेकै अवस्थामा बनाउन मन्त्रालय मातहतमा रहेको विशेष भवन निर्माण आयोजनालाई निर्देशन दिएकी छन्।