इन्धनबाट चल्ने ट्याक्सीको प्रयोग कम गर्न इलेक्ट्रोनिक ट्याक्सीतर्फको अगाडि बढ्ने मन्त्री, ज्वाला

  Sampatti News

August 3, 2023

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलेक्ट्रोनिक ट्याक्सीतर्फको यात्रा थाल्न र बातावरणको हिसाबले पनि इन्धनबाट चल्ने ट्याक्सी सन्तुलीत नभएको भन्दै व्यवसायी र चालकहरूलाई आग्रह गरेका छन्।

मन्त्री ज्वालालाई भेट्न ट्याक्सी व्यवसायी सिंहदरवार पुगेका थिए। सोही क्रममा उनले सरकार इलेक्ट्रोनिक भेहिकल (इभी) मा जाने गरी कानुन निर्माणको तयारीमा रहेकोले समयअनुसार चल्ने तयारी गर्न आग्रह गरेका हुन्।

ट्याक्सी व्यवसायीले इम्बोस्ड नम्बर देवनागिरीमा हुनुपर्ने, एसइई सकेका सबै विद्यार्थीलाई लाइसेन्स दिने गरी तालिमको व्यवस्था गर्नुपर्ने, लामो दूरीमा बिरामी लिँदा अस्थायी रोड परमिट दिनुपर्ने जस्ता माग राखेका थिए।

काठमाडौँ उपत्यकामा मात्र १२ हजार ३ सय ट्याक्सीहरू सञ्चालनमा छन्। इन्धनबाट चल्ने यी ट्याक्सीको संख्या घटाउने र विद्युतीय ट्याक्सीको संख्या बढाउँदै जानेमा व्यवसायीहरू पनि सकारात्मक छन्।

मन्त्री ज्वालाले ट्याक्सी व्यवसायीको पहिचान खुल्ने गरी ड्रेसको व्यवस्था गर्न र अनलाइन सेवामा पनि जान आग्रह गरेका छन्।

प्रकाशित मिति:August 3, 2023