संसदीय समितिबाट ६ जनाको नाम राजदूतमा सर्वसम्मत अनुमोदन

  Sampatti News

August 3, 2023

काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट ६ जनाको नाम राजदूतमा सर्वसम्मत अनुमोदन भएको छ । सुनुवाइ समितिको बिहीबारको बैठकले सरकारबाट सिफारिस भएर आएका राजदूतहरूको नाम सर्वसम्मत अनुमोदन गरेको हो । सरकारले दुई साताअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधिमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति:August 3, 2023