सरकारले दियो मातातीर्थ–माल्टा प्रसारण लाइन क्षेत्रमा चार हजार रुख काट्न स्वीकृति

  Sampatti News

August 3, 2023

काठमाडौँ । सरकारले मातातीर्थ–माल्टा ३३ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौँ, ललितपुर र मकवानपुर क्षेत्रमा चार हजार रुख काट्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले आयोजनाको टावरप्याड र राइट अफ वेको निर्माणका लागि काठमाडौँ, ललितपुर र मकवानपुर जिल्लामा रहेको राष्ट्रिय वन र बन क्षेत्रको कुल जम्मा २४.६७ हेक्टर जग्गा आगामी २० वर्षसम्म प्रयोग गर्न दिने र सो क्षेत्रबाट ४ हजार १७२ वटा रुखहरू हटाउन स्वीकृति दिने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले कमला–ढल्केवर पथलैया सडक खण्ड स्तरोन्नतिको लागि सडक सीमाभित्र पर्ने घररटहरा लगायतका संरचनाहरू प्राप्ति गरी क्षतिपूर्ति दिई हटाउन स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति:August 3, 2023