August 3, 2023
एजेन्सी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ ।
ट्र्डो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको जानकारी दिएका छन् ।
वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो । धेरै छलफलपछि एकअर्काको साथ छाड्ने निर्णय गरेको छ।
सम्बन्धविच्छेद भए पनि सधैँ जस्तै परिवार नै रहने उनले उल्लेख गरेका छन् । उनिहरुका तीन सन्तान छन् ।
प्रकाशित मिति:August 3, 2023
November 22, 2024